दफा २७
सिफारिस रद्द गर्न सक्ने
(१) आयोगको विज्ञापन बमोजिम जिल्ला न्यायाधीशको पदमा सिफारिस गर्न लिइएको परीक्षाको उम्मेदवारले पेश गरेको कुनै विवरण झुट्टा वा गलत प्रमाणित भएमा आयोगले त्यस्तो उम्मेदवारको परीक्षा वा नियुक्तिको सिफारिस रद्द गर्नेछ र निजले नियुक्ति पाइसकेको भए प्रचलित कानून बमोजिम आवश्यक कारबाही चलाउन न्याय परिषदमा सिफारिस गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम झुट्टा वा गलत विवरण पेश गर्ने व्यक्तिलाई आयोगबाट सञ्चालन हुने परीक्षामा पाँच वर्षसम्म सहभागी हुन नपाउने गरी रोक लगाउन सक्नेछ ।
(३) उम्मेदवारको नियुक्तिको सिफारिस सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।